Wednesday, May 22, 2024

बरियारपुरमा जनस्वास्थ्य प्रयोगशाला उद्घाटन

पछिल्लाे समाचार


रौतहट २७ जेठ / गढ़िमाई नगरपालिकाको वडा न ८ स्थित बरियारपुर स्वास्थ्य चौकीमा जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन भएको छ ।
प्रयोगशालाको मधेश प्रदेशको भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले उद्घाटन गरेका छन ।
गढ़िमाई नगरपालिका र मधेश प्रदेश सरकारको सहकार्यमा जनस्वास्थ्य प्रयोशालाको निर्माण भएको  गढ़िमाई नगर पालिकाको नगरप्रमुख श्याम यादवले बताए ।
प्रदेश मन्त्रि यादवले  नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षा प्रदान गर्न सधै अग्रसर रहेको बताए।
ल्याब टेष्टको अभावमा बाहिर जानुपर्ने बाध्यता र हजारौं  खर्च गर्दा पनि गुणस्तरीय जाँच हुन नसक्ने समस्यालाइ मध्य नजर गरिदै जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको उनले बताएका छन ।
गढ़िमाई नगरपालिकाका नगरप्रमुख श्याम प्रसाद यादवले प्रयोगशाला सञ्चालनमा आएपछि स्वास्थ्य उपचारको लागि यस क्षेत्रका बासिन्दा अन्यत्र जानु नपर्ने बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु