Friday, January 24, 2025

चन्द्रपुर ३ मा बिरुवा संरक्षण गर्नेलाइ एक हजार

पछिल्लाे समाचार


रौतहट २० असार । बिरुवा हुर्काउन र संरक्षण गर्न चन्द्रपुर वडा नम्वर ३ ले एक हजार सहयोग गर्ने ।
वडा कार्यालयले चन्द्रपुर ३ मा विभिन्न प्रजातीका फलफूलका बिरुवा निशुल्क बितरण गर्न थालेको छ ।
हरित वडा कार्यक्रम अन्तरगत वडा लाई फलफूलमा आत्मनिर्भर बनाउने उदेस्यले बिरुवा बितरण शुरु गरेको चन्द्रपुर ३ का वडा अध्यक्ष बोधनाथ देवकोटाले बताएका छन ।


पहिलो चरणमा आँप र लिच्चीको बिरुवा बितरण गरिएको छ । वडाको १२ मिटर सडक को दायाँ बायाँ ८/८ मिटर छोडेर तथा ८ मिटरको सडकमा ६ मिटर दायाबाया छोडेर बिरुवा रोप्न थालिएको छ ।
वडाले निर्णय गरे अनुसार बिरुवा रोपेमा वडा कार्यालय ले प्रति बिरुवा एक हजार का दरले रेखदेख खर्च दिने निर्णय भएको वडा अध्यक्ष देवकोटाले बताएका छन ।
बिरुवाको ३ वर्ष सम्म उचित स्याहार गरि हुर्केको बिरुवाको फोटो र बिरुवा संरक्षकको नागरिकताको प्रतिलिपि बडा मा पेश गरे पछि प्रति हुनेको एक हजार पुरस्कार स्वरुप प्रदान गर्ने, सर्त पालना नभएको पाइएमा बिरुवा स्याहार र संरक्षण खर्च भुक्तानी नहुने वडा कार्हुयालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु