रौतहट १० साउन । चन्द्रपुर २ स्थित सार्वजनिक जमिनमा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण कार्य तिव्ररुपमा भईरहेको छ ।
मधेश प्रदेशको नब प्रबर्दन साझेदारी कोष र चन्द्रपुर नगरपालिकाको संयुक्त लगानीमा विद्युतीय चार्जिङ्ग सेन्टर निर्माण कार्य थालिएको हो ।
चन्द्रपुर नगरपालिकाका अनुसार . २ करोड १४ लाखको लागतमा निर्माण कार्य पूरा गरिसक्ने लक्ष्य छ ।
सो चाजिङ्ग स्टेशनले सबारी धनीलाई लाभ पुग्ने चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्ले बताए ।
विद्युतीय सवारीसाधन प्रयोग मार्फत वातावरणमैत्री यातायात प्रणालीको विकास हुने नगर प्रमुख काफ्लेले बताए ।
चार्जिङ्ग स्टेशनमा कम्पाउण्डवाल, आधुनिक बिधुतीय गाडी चार्ज हुने, प्रतिक्षालय, बालबालिकाको लागि खेल्ने स्थान, शौचालय लगायतका पुर्बाधार रहने छन ।
विद्युतीय चार्जिङ्ग सेन्टर निर्माण भएपछि साना–ठूला सबै सवारीसाधनको चार्ज गर्न सकिने र नेपालमा उपलब्ध रहेका सवारी साधनको क्षमता अनुसार एकदेखि डेढ घण्टासम्ममा पूर्ण चार्ज भई गुडाउने मिल्ने छ ।
विद्युतीय चाजिङ्ग स्टेशनमा एक सेटमा २ वटा गाडी एक साथ चार्ज हुने, ई रिक्साको लागि ६ वटा चाजिङ्ग प्वाईन्ट र दुई पाङ्गे विद्युतीय सबारी साधनको लागि ५ वटा चार्जिङ्ग प्वाईन्ट राखिनेछ ।