Wednesday, October 9, 2024

बिधुत लाइनमा जडान भएको ट्रान्सफर्मर चोरी गर्ने गिरोह रौतहटमा पक्राउ

पछिल्लाे समाचार


रौतहट १९ असार। करेन्ट प्रवाह भएकै अवस्थामा उपकरणको सहायताले तार काटेर ट्रान्सफर्मर चोरी गरि समान बेच्ने गिरोह पक्राउ परेका छन ।
प्रहरीले ४ जनालाई पक्राउ गरी चोरी भएकाे ट्रान्फरमर सहितका उपकरण बरामद गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा रहेको विद्युत्‌को पोलमा चढेर ट्रान्सफर्मर लगायत सामान चोरीमा संलग्न गरुडा नगरपालिका ६ पोठियाहीका ४२ बर्षिय अशोक साह, कटहरीया नगरपालिका १ भसेढवा का ४६ बर्षिय रामलाल महतो, बर्ष ३६ को बिरेन्द्र राय र बर्ष ३७ को शुखल महतोलाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपि वीर बहादुर बुढामगरले बताएका छन ।
आपराधिक पृष्टभूमी भएका व्यक्तिहरुले बिभिन्न मितिहरुमा बिद्युतमा जडान रहेकै अवस्थामा बिभिन्न उपकरणहरुको सहायताले पोलबाटै तार काटी ट्रान्सफर्मरहरु खोली भित्र रहेका तामाका बिभिन्न किसिमका तारहरु लगायत मुल्यवान उपकरण चोरी गर्ने गरेको तथा जिल्लामा पटक-पटक एकै प्रकृतीका घटनाहरु दोहोरिदै आएको पछि प्रहरीले सकृयता देखाएको थियो ।
चोरी गर्नेहरुको खोजी गर्दा असार १७ गते गरुडा न.पा.वडा नं.४ बस्ने लक्ष्मी प्रसाद चौधरीले संचालन गरेको कवाड गोदामबाट ट्रान्फर्मरको तार लगायतका समानहरु बरामद भएपछि चोरहरु पक्राउ परेका हुन ।
आरोपीहरुलाइ रौतहट जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको तथा घटनामा संलग्न केही फरार रहेका हरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेकाहरु बाट स्प्रिङ जस्तो बटारिएको अवस्थामा रहेको तामाको चुडी -१५ थान र १ सय ७५ किलो ७ सय ग्राम , बिभिन्न आकारको तामाको क्वाईल रोल – १५ थान १ सय २९ केलो ३ सय ग्राम , खुल्ला तामाको तार ७१ किलो र बा.८२ प १२६३ नंम्वर.को स्कुटर र आइफोन १ थान, रामलाल महतोको बा.२६ प ७९५२ नंम्वरको मोटरसाइकल र लाभा कम्पनिको मोवाईल , सुखल महतोको साथबाट बिआर ३० जे २१९६ नम्वरको मोटरसाइकल र मोवाईल, बिरेन्द्र रायको साथबाट कलर्स कम्पनिको मोवाईल १ थान बरामद भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु