Tuesday, April 22, 2025

मधेश प्रदेश सांसद भट्टराइले सार्वजनिक गरे क्षैत्रको बिकाशको कामको प्रगती

पछिल्लाे समाचार


रौतहट १८ असार । रौतहट क्षेत्र न ४( क ) प्रदेेश सांसद युवराज भट्टराइले अहिले सम्म आफ्नो पहलमा भएका बिकाश निर्माणका कामहरु सार्वजनिक गरेका छन ।
रौतहट ४ को प्रदेश सभा (क) मा पर्ने प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का रौतहट जिल्ला इन्चार्ज समेत रहेका युवराज भट्टराई(समिर) निर्वाचित भएका थिए ।
प्रदेश सांसद भट्टराईले संसदीय कोष अन्तर्गत आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत त्यस क्षेत्रमा विभिन्न योजना मा रकम बिनियोजन गरेका थिए ।


सडक, स्वास्थ्य चौकी निर्माण, विद्यालय भवन निर्माण, पुस्तकालय निर्माण , नाला निर्माण जस्ता योजनामा रकम बिनियोजन भएको थियो ।
सांसद भट्टराईले प्रदेश सभा संसदीय कोष अन्र्तगत २० वटा आयोजना छनौट गरी बजेट बिनियोजन गरेका थिए त्यसमध्येको १७ वटा योजनाको काम सम्पन्न भईसकेको छ । ‘चन्द्रपुर र वृन्दावनमा गरी १७ वटा आयोजनाको काम सम्पन्न भईसकेको प्रदेश सांसद युवराज भट्टराइले बताए ।
चन्द्रपुर र बृन्दावन नगरपालिका को १३ वटा वडाहरु रौतहट ४ (क) मा रहेका छन ।
प्रदेश सांसद भट्टराईले आथिर्क वर्ष २०७९/०८० को प्रदेशसभा संसदीय कोष अन्तर्गत विभिन्न योजनाहरु छनौट गरेर बजेट बिनियोजन गरेका थिए । त्यसरी आयोजना छनौट गर्दा सांसद भट्टराइले जनतासँग जोडिएका र जनतालाई अत्यावश्यक परेका योजनाहरु छनौट गरेका थिए ।
दुई वटा नगरपालिकाका १३ वटा वडा गरि विभिन्न योजनाहरु छनौट गरि बजेट छुटटाएर काम थालिएको थियो । त्यसमध्ये १७ वटा योजनाको काम सम्पन्न भएको छ ।’


प्रदेश सांसद भट्टराईको विशेष पहलमा चन्द्रपुर र बृन्दावनका विभिन्न वडाहरुमा रहेको योजनाहरु सम्पन्न भएका हुन ।
वृन्दावन ३ पिपरा टोलमा सडक निर्माण कार्य, बृन्दावन ३ पिपरा टोलमा सडक ढलान कार्य, वृन्दाबन २ मा पुस्तकालय सटर भवन निर्माण सम्पन ,चन्द्रपुर १० बालुवा सकुम्बासी वस्तीमा कालोपत्रे सडक निर्माण कार्य सम्पन्न ,चन्द्रपुर ८ गैरी टोल सडक ढलान निर्माण कार्य सम्पन्न, चन्द्रपुर २ दुलाल टोलमा कालोपत्रे सडक निर्माण कार्य सम्पन्न ,चन्द्रपुर ६ मेथियाहिमा सडक कालोपत्रे निर्माण कार्य सम्पन्न ,चन्द्रपुर ७ मा खेल मैदान निर्माण कार्य सम्पन्न ,चन्द्रपुर ४ प्रणामी टोल हुँदै मुस्लिम टोल सडक नाला निर्माण कार्य सम्पन्न ,चन्द्रपुर ९ मा स्वास्थ्य चौकी भवन निर्माण कार्य सम्पन्न, चन्द्रपुर १ बागमति डिप बोरिङ निर्माण कार्य सम्पन्न ,चन्द्रपुर ३ भोलटारमा बनदेवी प्रावि मा स्कुल भवन निर्माण कार्य सम्पन्न ,चन्द्रपुर ५ मा चिडियादह मा चन्द्र बहादुर राईको घर देखि रिङङोडसम्म ढलान सडक निर्माण कार्य सम्पन्न ,चन्द्रपुर ४ मा तराई इन होटल देखि मन्दिर जाने बाटो कालोपत्रे निर्माण कार्य सम्पन्न, बृन्दावन १ चाँदी नदी नजिक स्टेज भवन निर्माण कार्य सम्पन्न, वृन्दावन १ चिरान टोल सडक निर्माण कार्य सम्पन्न, बृन्दाबन १ बैराठपुर टोल सडक निर्माण सम्पन्न, बृन्दाबन ३ पूर्वारी टोलमा सडक निर्माण सम्पन्न ,चन्द्रपुर १० बलवामा कालोपत्रे सडक निर्माण कार्य सम्पन्न भएको प्रदेश सांसद भट्टराइले जानकारी दीएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु