रौतहट २४ भदौ । चन्द्रपुर ३ गैडाटारमा करिव ८० बिघा क्षेत्रफलमा लगाइएको केरा खेतीमा पानामा नामक रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन ।
केराबाट राम्रै आम्दानी हुने गरेको तर, अहिले रोगले केराका विरुवाहरु पहेलो हुने केराको भित्री गोभा नै कुहिने गरेकाले केराको विरुवाहरु दिनानुदिन नष्ट हुँदै गएको किसानको भनाइ छ ।
केरा खेतीमा देखिएको समस्याहरुप्रति सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीय किसान सुरेश तिमल्सिना को गुनासो छ ।
जेठमा आएको हावाहुरीले केरा धेरै नोक्सान भएको र पुन अहिले रोग केरा किसानहरू लाई सताएको उनले बताए ।
गैडाटारका ५० बिघा निजि जग्गामा स्थानीयले केरा खेती गरेका छन् भने करिव ३० बिघामा भने लिजमा लिएर किसानहरुले केराखेती गरिरहेका छन् ।
एउटा केराको बोटमा ७० कोसादेखि १५० कोसा केरा फल्ने गरेको स्थानीय किसान दिपेन्द्र न्यौपानेले जानकारी दिए । पानामा रोगले हजारौँ केराका विरुवा पहेँलो भएपछि काटेर फाल्ने गरेको स्थानीय किसान सर्मिला गौतमले बताइन् ।किसानहरुको दिनानुदिन केराका विरुवाहरु पहेँलो हुन थालेपछि किसान चिन्तित छन ।


