Tuesday, April 28, 2026

चन्द्रपुर ५ को सभापतीमा कार्की नै कायम

पछिल्लाे समाचार


रौतहट १५ भदौ | नेपाली काँग्रेस जिल्ला कार्य समिति रौतहटले चन्द्रपुर नपा ५ को वडा सभापती मा कल्याण कार्की कायम रहेको जनाएको छ ।
जिल्ला सभापती सुनिल कुमार यादवले पत्र लेखेर रौतहट क्षेत्र नं ४ सभापती मार्फत चन्द्रपुर नगर सभापती लाई कार्कीलाइ हटाउनुको कारण सोधेका थिए ।
रौतहट जिल्ला क्षेत्र नं ४ चन्द्रपुर नगरपालिका वडा नं ५ का निर्वाचित वडा सभापती कल्याण कार्की लाई बिना प्रमाण वडा सभापतीबाट हटाई विष्णु ब. थापालाई कार्यवाहक वडा सभापती मनोनित गरेको विषयमा पर्न आएको उजुरीको विषयमा चन्द्रपुर नगरपालीका नगर सभापती मुकेश गिरीलाई अर्को व्यक्ति मनोनित बारे कारण खुलाई पठाउन लिखित अनुरोध गर्दा पनि केहि जवाफ नआएको एव नेपाली कांग्रेसको विधानमा नगर सभापतिले वडा सभापति मनोनित गर्ने वा हटाउने कुनै प्रावधान उल्लेख नरहेकोले कल्याण कार्की नै वडा सभापती कायम रहेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु