रौतहट २५ भदौ । आशा जोगाओ, जीवन बचाओ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवश चन्द्रपुरमा मनाईएको छ ।
आईतवार बिहान चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा, सामी कार्यक्रम तथा लायन्स क्लव अफ रौतहट चन्द्रनिगाहपुर फेमिना, लायन्स क्लव अफ रौतहट चन्द्रनिगाहपुर र लायन्स क्लव अफ रौतहट चन्द्रपुर ग्रिन सिटीको संयुक्त आयोजनामा ‘‘विश्व आत्माहत्या रोकथाम दिवस’’ मनाइएको छ ।
जनज्योति माध्यमिक विद्यालय र दुर्गा मा.बि. ठाडाटोलका विद्यार्थी हरु, बिधालय परिवार , ट्राफिक प्रहरी र तिन वटै क्लब का प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
रौतहट जिल्लामा आत्महत्याको घटनाले विकराल रुप लिदै गएको प्रती सरोकार बालाहरुले चिन्ता ब्यक्त गर्न थालेका छन।
जिल्ला मा ५० दिनमा २९ जना पुरुष र महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याँकमा उल्लेख छ ।



