Tuesday, April 28, 2026

एक बृद्धको रकम लुट्ने दुइजना पक्राउ

पछिल्लाे समाचार


रौतहट १२ पुस । एक बृद्धको रकम लुट्ने दुई जना लुटेरालाई रौतहटमा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
बिहिवार बिहान करिव १० बजे रौतहट कटहरिया न.पा. वडा नं.४ बहादुरपुर टोल का बर्ष ३१ को नसिब बैठा र वडा नं.५ पानी ट्याङ्की बस्ने बर्ष ३६ को हरि शंकर साह सोनारले एक बृद्ध लाई मदिरा सेवन गराइ रकम लुटेको पिडितको भनाई छ ।
बहादुरपुर टोल का बर्ष ७० को आलम मिया मन्सुरीलाई ललाई फकाई मदिरा सेवन गराई नियन्त्रणमा उनको साथमा रहेको ८२ हजार लुटेर भागेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
लुटेराहरुको खोजतलास गर्दै जाने क्रममा कटहरिया न.पा. वडा नं.५ बाट बैठा र साह सोनारलाई लुटिएको ५९, हजार सहित नियन्त्रणमा लिई कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा लगी चोरी तथा डाँका सम्बन्धि कसूरमा अनुसन्धान भईरहेको रौतहट प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु