Tuesday, April 28, 2026

चन्द्रपुरका केही होटल अनुगमन

पछिल्लाे समाचार


रौतहट ७ पुस । चन्द्रपुरका हाेटलहरूमा बालश्रम मुक्त गर्ने अभियानका साथ अनुगमन गरिएको छ ।
चन्द्रपुर नगरस्तरिय बालअधिकार समितिकाे अगुवाइ तथा इलाका प्रशासन कार्यालय चन्द्रपुर, इलाका प्रहरी कार्यालय चन्द्रपुर,जिल्ला ट्राफिक कार्यालय, छाेरी संस्था तथा विभिन्न सरोकारवाला गैरसरकारि संघ संस्था, पत्रकार, हाेटल व्यवसायि संघ, उधाेग वाणिज्य संघ, बालअधिकार अभियान्ताहरूकाे पहलमा होटलहरु अनुगमन गरिएको छ ।


समितिका पदाधिकारीहरुले चन्द्पुर नगरपालिका वडा न.४ मा रहेका केहि हाेटलहरुकाे अनुगमन गरि बालश्रम मुक्त व्यवसाय बनाउन सल्लाह सुझाव दिएकाे छ ।
बालश्रम मुक्त पालिका वनाउन सबै व्यवसायिहरुले साथ र सहयाेग दिन अभियान्ताहरुले आग्रह गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु