रौतहट ९ पुस । राजदेवी नपा वडा नं ६ स्थित श्री प्राथमिक विधालय को अवस्था नाजुक रहेको पाईएको छ ।
सो नपाको गडहिया टोलको सो बिधालयमा ६ कक्षा सम्प पढाइहुने गर्दछ ।
सो बिधालयमा करिव एकसय १० जना बिधार्थी भर्ना भएका छन । नियमित बिधालय भने ५०/६० जना आउने गरेको पढ्न आएका बिधार्थी बताउछन ।

साना कक्षामा डेक्स बेन्च नहुदा बालबालिकाहरु चिसो भुइमा बसेर पढ्न बाध्य छन । बिधालयको भौतिक अवस्था दयनिय छ ।
एउटै कोठामा बहुकक्षा संचालन हुँदै आएको छ । बिधालयको अवस्था राम्रो बनाउन नगरपालिका, सरोकारवाला निकाय, अभिभावक सवैले चासो दिनुपर्ने सो बिधालयका प्रधानाध्यापक जितेन्द्र जयसवालले बताउदै आएका छन ।
बिधार्थी दिनहु चिसोमा थोत्रा बोरा बोकेर बिधालय आउने गरेका छन । सो बिधालयमा २ जना स्थायी र ४ जना विभिन्न श्रोतका शिक्षक शिक्षिकाहरु छन ।






