रौतहट ४ चैत । गौरबाट पोखरा तर्फ जाँदै गरेका यात्रुबाहक बस नारायणगढ मुग्लिन सडक खण्डमा शनिबार राति दुर्घटना भएको छ ।
दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
चितवनको ईच्छाकामना गाउँ पालिका वडा नम्बर ६ जलवीरे स्थित नारायणगढ मुग्लिन सडक खण्डमा रौतहटको गौरबाट पोखरा तर्फ जाँदै गरेको ग१ख ८५२४ नम्बरको बसको चक्का पञ्चर भई बाटो छेउमा रोकी राखेको ना६ख ३५८० नम्बरको ट्रकको पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।
बसमा सवार भारत विहार राज्य को पूर्वी चम्पारण मोतिहारी बस्ने वर्ष ३७ को गौरी दासको दुर्घटनामा मृत्यु भएको छ ।
दुर्घटना पछि बसका चालक जिल्ला नवलपरासी सुस्ता पुर्व कावासोती नपा १४ बस्ने वर्ष ३९ को लक्ष्मण गुरुङ लाइ प्नहरीले नियन्त्रणमा लिएकाे छ ।
दुर्घटनामा घाइते हुनेहरुमा ट्रक चालक वीरगन्जका ३३ वर्षे हाकिम मिया, बसमा सवार सर्लाही बरहथवा नपा मिलन चोक बस्ने वर्ष २५ कि पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने वर्ष ३२ को अम्बर नाथ कुमार र भारत विहार राज्य मुजफ्फरपुर जिल्ला बस्ने वर्ष ३९ कि रिता गुप्ता रहेको प्रहरीले जनाएको छ ।


