Sunday, May 19, 2024

एस्टोन ग्लोवल एजुकेशनले गर्यो जापान जाने बिद्यार्थीलाई बिदाई

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट ३ बैशाख । रौतहटको चन्द्रपुरमा मुख्य कार्यलय रहेको एस्टोन ग्लोवल एजुकेशनले बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। सोमवार चन्द्रनिगाहपुर स्थित होटल तराई ईनमा आयोजित एक भव्य कार्यक्रमका बिच संस्थाले अप्रिल इन्टेकका लागि जापानको सिओइ प्राप्त गरेर जापान जान लागेका विद्यार्थीलाई बिदाइ गरेको हो ।
एस्टोन ग्लोवल एजुकेसनका प्रबन्ध निर्देशक ओम किशोर चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा श्री कंकाली मा.वी का पुर्व प्राधानाध्यापक छोटेलाल चौधरी रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै एस्टोनका सल्लाहकार तथा पत्रकार अशोक पहाडीले जापान गएर सबै विद्यार्थीले आफ्नो भविष्य उज्ज्वल पार्नेछन् भन्नेमा आफूहरू विश्वस्त रहेको उल्लेख गरे । सिओइ प्राप्त गर्न सफल सबै विद्यार्थीलाई उनीहरूले सही परामर्शदाता छनोट गर्न सफल भएकोमा बधाई दिएका उनले त्यो सफलता दिलाउने सबैलाई पनि धन्यवाद दिए। कार्यक्रममा प्रेस सेन्टर नेपाल रौतहटका अध्यक्ष सुब्बा कार्कीले विदेश पलायन हुन सरकारले नेपाली विद्यार्थीलाई बाध्य बनाएको भए पनि सीप दक्षता सिकेर आएर नेपालमै काम गर्नुपर्नेमा उनको जोड थियो । एस्टोनले कम समयमा गरेको प्रगतीको बारेमा पनि उनले प्रसंशा गरे । यस्तै एस्टोनका सर्लाही शाखा प्रमुख संगम कोईरालाले फेयरवेल भन्दै गर्दा दुख लागेको भए पनि सबै विद्यार्थी उज्ज्वल भविष्य तिर लम्किरहेको हुँदा खुसीका साथ सुनिश्चित भविष्यको शुभकामना दिन लागिरहेको बताए । उनले एस्टोन ग्लोवल एजुकेसनबाट जापान जाने जो सुकै विद्यार्थी समस्यामा परे पनि आफूहरूले सक्दो सहयोग गर्ने साझा प्रतिबद्धता व्यक्त गरे। जापान गएर गर्न हुने/ नहुने कामहरूका विषयमा पनि उनीहरूले विद्यार्थीहरूलाई सूचित गराएका थिए। कार्यक्रमलाई सञ्चारकर्मी बिबेक चौधरीले सञ्चालन गरेका थिए।


कार्यक्रममा जापान जाने तयारीमा रहेका विद्यार्थी सुरज बजगाईले उपस्थित विद्यार्थीहरू माझ आफ्नो अनुभव बाँडे । उनले कक्षा कहिल्यै नछुटाउने र भाषा प्रशिक्षकले भनेको कुरा मान्ने गर्दा सफल हुन सकेको बताए। आफूले ग्लोवल एजुकेसन सबै हिसाबले सकारात्मक पाएको उल्लेख गरेका उनले संस्थाले डकुमेन्ट बनाउने देखि अन्य हरेक काममा सघाएर सफल बनाएको भन्दै धन्यवाद दिए।
कार्यक्रममा जापान जानू अघि र गएपछि ध्यान दिनुपर्ने कुराहरू बारे जानकारी गराइएको थियो भने खुसी साट्न मायाको चिनो प्रदान गरेर विद्यार्थीहरूलाई सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सिओइ आएका सबै विद्यार्थीलाई बधाई तथा शुभकामना दिए । अबको १० वर्ष पछि नेपालमा लगानी गर्ने वातावरण बन्ने भन्दै उनले नेपालमै फर्किएर काम गर्ने सोच बनाएर मात्रै विदेश जान सुझाव दिए ।
कार्यक्रम समापन गर्दै सभापति चौधरीले जापान अध्ययन गर्ने सपनाको नजिक पुगेका सबैलाई बधाई दिए। संस्थामा आफूहरूले सिकाएका कुराहरू, बताएका नियमहरूलाई मनन गरेर मात्रै जापानमा रहन उनले आग्रह गरे। आफू पनि जापान बसेर आएको स्मरण गर्दै नेपाली विद्यार्थीहरूले नियमहरू पालना नगर्दा मेहनती हुँदा पनि जोखिममा परेको आफूले पाएको हुँदा त्यसमा ध्यान दिन उनले सम्बन्धित विद्यार्थीहरूलाई आग्रह गरे।एस्टोनबाट जापान जाने सबै एकै परिवार भएको भन्दै उनले आफूहरू विद्यार्थीको हरेक दुःख सुखमा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरे ।
एस्टोनबाट जापान अध्ययनका लागि ‘अप्रील २०२४’ इन्टेकका लागि भिसा एप्लाई गरेका ९५ प्रतिशत विद्यार्थीको भिसा लागेको थियो ।  एस्टोन ग्लोवल एजुकेसनको शाखा कार्यलय बाराको सिमरा,निजगढ सर्लाही को बरहथवा,बर्दिवासमा रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु