Sunday, May 19, 2024

फरार शेख नुरुल्लाह १० महिना पछि पक्राउ

पछिल्लाे समाचार


रौतहट, ४ वैशाख । फरार सूचीमा रहेका शेख नुरुल्लाहलाई १० महिना पछि रौतहट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले गत आईतवार पत्रकार सम्मेलन गरि रौतहट जिल्ला देवाही गोनाही नगरपालिका वडा नम्वर १ घर भएका ५२ बर्षिय शेख नुरुल्लाहलाई सार्वजनिक गरेको हो ।
प्रहरीले रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ८ लक्ष्मिपुर बेलविछवा चोक नजिक भारत तर्फ जानेक्रममा पक्राउ गर्न सफल भएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।
२०८० जेठ ११ गते मध्य राति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनिया गाउँमा ७८ बर्षिय शेख तैयवलाई शेख नुरुल्लाहको आदेशमा सोही ठाउका शेख शेराज, शेख सद्दाम भन्ने खलिउल्लाह र भारतीय नागरिक राकेशकुमारले गोली हानी हत्या गरेकाे आरोप छ ।
तत्कालै प्रहरीले शेख शेराज र भारतीय नागरिक राकेश कुमारलाई पक्राउ गरी कत्र्तव्य ज्यान मुद्दामा अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
तैयवको हत्या गराउनमा मुख्य योजनाकार रहेका शेख नुरुल्लाह र खलिउल्ला विरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले ज्यान कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ परेका शेख नुरुल्लाहलाई प्रहरीले हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको तथा अदालतबाट कत्र्तव्य ज्यान मुद्दामा हिरासतमा राख्ने अनुमती लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । खलिउल्लाह भने अझै फरार छन

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु