Sunday, May 19, 2024

माधवनारायण नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

पछिल्लाे समाचार


रौतहट ४ बैसाख । माधवनारायण नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।
सोमबार एक कार्यक्रमकावीच माधवनारायण नगरपालिकाका नगरप्रमुख बैधनाथ प्रसाद यादव र उप–प्रमुख निर्मला देवी रमनले संयुक्त रुपमा शिलान्यास गरेका छन ।
११ करोड ८८ लाख ९२ हजार दुई सय ९४ रुपैयाको लागतमा निर्माण हुने उक्त प्रशासनिक भवन एमएस चाँदी देवी र श्री राम जेभी बिदुर नुवाकोटले निर्माण गर्न ठेक्का लिएका छन ।
गत २०८० साल चैत २७ गते माधवनारायण नगरपालिका र एमएस चाँदी देवी श्री राम जेभी बिदुर नुवाकोट बिच भवन निर्माण गर्न सम्झौता भएको थियो ।
कंम्पनी संग प्रशासनिक भवन आउदो आर्थिक वर्ष २०८२ साल चैत २७ गते संम्पन गरिने सम्झौता भएको मेयर यादवले जानकारी दिए ।
माधोपुर बजारदेखि दक्षिण पिप्रा–गौर जाने मुख्य सडक संगै जोडिएको श्री राम जानकी मन्दिर गुठी को ७ कठा र सोही संग जोडिएको नगर प्रमुख यादवको निजी जग्गा ५ कठा गरी कुल १२ कठा क्षेत्रफल जमिनमा भवन को शिलान्यास गरिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु