Sunday, May 19, 2024

मधेश प्रदेशमा मन्त्रीपरिषद विस्तार. रौतहटका भट्टराई मन्त्री

पछिल्लाे समाचार

जनकपुरधाम, ६ वैशाख । मधेश प्रदेशको सरकारले मन्त्रीपरिषद विस्तार गरेको छ ।
चौंथो पटक विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीपरिषद विस्तारमा दुई जना नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबाट एक गरी तीन जना मन्त्री नियुक्त गरेका हुन ।
मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका मन्त्री हरुले शपथ लिएका छन् ।
बिहीबार नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरत प्ररसाद साह बिना बिभागिय ,माओवादीकै युवराज भट्टराई उद्योग तथा पर्यटज मन्त्रालय र नेकपा एकीकृत समाजवादीकी बेचु लुंगेली बिना बिभागिय ,सारदा थापा गृह सञ्चार तथा कानुन राज्यमन्त्री नियुक्त भएकी हुन ।
मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गराएका छन ।
रौतहटबाट प्रदेश सांसद युवराज भट्टराई (समिर) रौतहट क्षेत्र नम्वर ४ क बाट निर्वाचित संसद हुन ।
मधेश प्रदेशमा ११ वटा मन्त्रालय रहेकोमा मुख्यमन्त्री सहित जनता समाजवदी पार्टीको ४, एमाले ४, एकीकृत र माओवादी केन्द्रको १/१ मन्त्रालय छन् ।


spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु