Monday, May 19, 2025

गरुडाको पोठियाहीमा १ करोड ३८ लाख रुपैयाँ लागतमा सूर्य मन्दिर, छठ घाट र पार्क निर्माण हुने

पछिल्लाे समाचार

रौतहट ०८,चैत – गरुडा नगरपालिका वडा नं. ६, पोठियाहीस्थित सामुदायिक पोखरी क्षेत्रको धार्मिक तथा पर्यटकीय विकासका लागि १ करोड ३८ लाख रुपैयाँ लागतमा सूर्य भगवानको मन्दिर, छठ घाट, पार्क तथा पर्खाल निर्माण गरिने भएको छ ।
संघीय तथा नगरपालिकाको बजेटबाट टेन्डर प्रक्रियामार्फत सञ्चालन गरिने यस योजनाको शुक्रबार नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले शिलान्यास गरे सँगै निर्माण कार्य अगाडि बढ्ने भएको हो । मेयर जयसवालका अनुसार पोखरीको बीचभागमा सूर्य मन्दिर, पूर्वतर्फ छठ पर्व मनाउन विशेष घाट, साथै पोखरी वरपर पर्खाल तथा हरियाली पार्क निर्माण गरिने छ ।
स्थानीयवासीहरूको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै कार्य अघि बढाइएको मेयर जयसवालले बताए ।
“गरुडा नगरपालिकाले धार्मिक तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने नीति लिएको छ। यो योजनाका लागि १ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ, जसले छठ पर्व मनाउने श्रद्धालुहरूका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनेछ,” नगर प्रमुख जयसवालले भने ।”
उनका अनुसार निर्माण कार्य पूरा भएपछि यो क्षेत्र गरुडा नगरपालिकाको एक प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बन्नेछ । स्थानीय बासिन्दाले छठ पूजा लगायत अन्य धार्मिक गतिविधिहरू थप सुव्यवस्थित रूपमा गर्न सक्ने उनको बिश्वास छ ।
शिलान्यास कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, स्थानीय समाजसेवी, धार्मिक अगुवाहरू तथा नगरवासीहरूको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु