Tuesday, May 20, 2025

चन्द्रपुरका १० अवैध अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

पछिल्लाे समाचार

रौतहट १८,फाल्गुण । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालन भइरहेका १० अवैध अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका छन्। शनिबार अनुगमनका क्रममा उनले बिना दर्ता र मापदण्ड सञ्चालनमा रहेका अस्पतालहरू कानुनी प्रक्रिया पूरा नगरेसम्म नचलाउन आदेश दिए।

अनुगमनका क्रममा ११ अस्पतालमध्ये चन्द्रपुर हस्पिटल प्रालि मात्र दर्ता अनुसार सञ्चालनमा रहेको पाइएपछि बाँकी अस्पतालहरूलाई मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको हो। यस क्रममा हाईवे ट्रमा हस्पिटल, सिभिल हयुमन हस्पिटल, एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, लगायतका अस्पतालहरू मापदण्ड पूरा नगरेको भेटिएको छ।

मुख्यमन्त्री सिंहले दर्ताविहीन अस्पतालहरूले बिरामी भर्ना गरेर शुल्क लिन नपाउने र अनुमति प्राप्त गरेपछि मात्र सेवा दिन सक्ने स्पष्ट पारे। साथै, कानुनी व्यवस्थाअनुसार १०% इमरजेन्सी बेड र १०% गरिब तथा लक्षित वर्गका बिरामीलाई छुट दिनुपर्ने नियम कडाइका साथ लागू गर्नुपर्ने बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु