Monday, May 19, 2025

वृन्दावनमा स्थिर प्रशासनको प्रभावले तीव्र विकास भएको मेयर कुर्मीको दावी

पछिल्लाे समाचार

रौतहट ८,चैत । मधेस प्रदेशका धेरैजसो स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृतहरूको अस्थिरता एउटा प्रमुख चुनौतीका रूपमा देखिँदै आएको छ। पटक–पटक अधिकृतहरू परिवर्तन हुँदा विकास निर्माण र सेवा प्रवाह प्रभावित हुने गरेको छ। तर, वृन्दावन नगरपालिकाले भने प्रशासनिक स्थायित्व कायम गर्दै विकासको कार्यमा तीव्रता दिएको मेयर बिनोद प्रसाद कुर्मीको दावी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव खिम बहादुर भुजेललाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा दुई वर्षसम्म निरन्तर जिम्मेवारी दिएपछि नगरपालिकाले तीव्र विकासको गति लिएको उनको भनाई छ ।
नगर प्रमुख बिनोदप्रसाद कुर्मीका अनुसार भुजेलको नेतृत्वमा नगरपालिकाले चौतर्फी विकासमा उल्लेखनीय प्रगति गरेको छ। सडक विस्तार, पुल-खानेपानी आयोजना, स्मार्ट सडक, डिजिटल प्रशासन, गुणस्तरीय शिक्षा, र स्वास्थ्य सेवा प्रवाहमा सुधारजस्ता क्षेत्रमा ऐतिहासिक उपलब्धिहरू हासिल भएका छन्। सार्वजनिक विद्यालयहरूमा डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको छ भने छात्रवृत्ति तथा शिक्षाका विविध कार्यक्रम सञ्चालन गरिएको छ। स्वास्थ्य चौकीहरूमा सेवा विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिएको छ।
नगर प्रमुख कुर्मी भन्छन्, “स्थिर प्रशासन बिना दिगो विकास सम्भव छैन। वृन्दावन नगरपालिकाले प्रशासनिक स्थायित्व कायम गर्दै समृद्ध नगरको परिकल्पना साकार पार्ने दिशामा ठोस कदम चालेको छ।” नगरवासीहरू पनि स्थायित्वकै कारण नगरपालिकाले नयाँ उचाइ लिएको बताउँदै भुजेललाई निरन्तरता दिनुपर्ने माग गरिरहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु