Monday, May 19, 2025

आरपिएलमा तराई टाइगर गरूडाका खेलाडीलाई जर्सी हस्तान्तरण

पछिल्लाे समाचार

रौतहट २६,चैत । रौतहटको गौरमा आजबाट सुरु भएको रौतहट प्रिमियर लिग (RPL) मा सहभागिता जनाउन तयार भएको तराई टाइगर गरूडा क्रिकेट टिमका खेलाडीहरूलाई एक कार्यक्रमबीच जर्सी हस्तान्तरण गरिएको छ ।
जनकपुर बोल्ट्सका क्याप्टन अनिल साह सहित टिममा आबद्ध खेलाडीहरूलाई जर्सी हस्तान्तरण ओम ब्रुअरी प्रा. ली डुमरिया का ज्वाइन्ट म्यानेजिङ डाइरेक्टर आकाश प्रकाश र जायसवाल ट्रेडिंग कन्सर्न का प्रोप्राइटर शैलेश जयसवाल ले गरेका हुन् ।
कार्यक्रममा बोल्दै आकाश प्रकाशले भने, “तराई टाइगर गरूडाले यो प्रतियोगितामा सानदार प्रदर्शन गर्दै जिल्लाको नाम उज्यालो गर्नेछ भन्ने हाम्रो विश्वास छ।” त्यस्तै अर्का टिम मालिक शैलेश जयसवालले खेलकुदमा युवाको आकर्षण बढाउँदै प्रतिभालाई पहिचान दिन RPL जस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने बताए ।
प्रतियोगिता भव्य रूपमा सुरु भएको छ र खेलप्रेमीहरूमा खासै उत्साह देखिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु