Sunday, May 26, 2024
No menu items!

चन्द्रपुरको मुख्य चोक नै दुर्गन्धित बन्दै,नगपालिकाले बेवास्ता गरेको स्थानीयको गुनासो

पछिल्लाे समाचार

रौतहट,१० भदौ //
चन्द्रपुर नगरपालिकाको मुख्य चोकमा नै फोहोरहरु थुप्रिन थालेको छ।
नगरपालिकाका मुख्य क्षेत्रहरुमा फोहर ब्यवस्थापन नभएपछि दुर्गन्धित बन्दै गएको छ ।


जतातेतई फोहोर थुपार्ने तथा पानि जमेका कारण दुर्गन्धित भएपनि नगरपालिकाले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ।
पुर्वपश्चिम राजमार्गसँगै रहेको मुख्य चोक , गौर रोड , बजार क्षेत्र , देउराली चोक , नगरपालिका कार्यालय क्षेत्र लगायतका स्थानमा रहेको फोहरको समयमा ब्यबस्थापन नहुँदा दुर्गन्ध फैलिएको छ।


नगरपालिकाले हरेक दिन नगरका मुख्य क्षेत्रहरु फोहर संकलन गर्न ट्याक्टर आएपनि नालाहरुमा थुप्रेको फोहर का कारण सडक नै दुर्गन्धित बनेको छ।
चन्द्रपुर नगरको चोक वरपर फोहरका थुप्रोहरु रहेको भएतापनि त्यसतर्फ नगरपालिकाले चासो नदिनु लापरवाही रहेको स्थानिय व्यापारी हरु बताउछन।
हाम्रो चन्द्रपुर , सफा चन्द्रपुर , राम्रो चन्द्रपुर भन्ने नारालाई सार्थकता दिनका लागी नगरपालिकाले नगर क्षेत्रलाई बिशेष सरसफाईमा ध्यान दिनु पर्नेमा स्थानियले जोड दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु