सर्लाही ,२० भदौ //
शनिवार राती परेको ठूलो पानीपछि सर्लाहीमा विद्युत् अवरुद्ध भएको छ ।
चन्द्रनिगाहपुरबाट ल्याइएको ३३ केभी प्रशारण लाईनमै समस्या आएपछि जिल्लाभरको विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रका प्रमुख जयानन्द झाले जानकारी दिएका छन्।
अहिलेसम्म फल्ट पत्ता नलागेको उनले बताएका छन् ।
बागमती पारी पौराहीसम्म बत्ती चालू नै रहेकाले सर्लाहीतर्फको बत्ती सूचारु हुन धेरै समय नलाग्ने वितरण केन्द्रका प्रमुख झाले बताए ।
लालबन्दी र मलंगवा वितरण केन्द्रको बत्ती सूचारु हुन केही समय लागेपनि बरहथवा वितरण केन्द्र अन्तर्गतको बत्ती भने केही समयपछि नै चालू हुने उनले बताएका छन्।
सर्लाहीमा चन्द्रनिगाहपुरदेखि लामो जंगल छिचोलेर ल्याइएको ३३ केभी लाईनमा सामान्य हावाहुरी र पानीले बत्ती जाने समस्या रहेको प्रमुख झाले बताएका छन्।