सिरहा , २६ कात्तिक //
सिरहाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लहान नगरपालिका १९ बस्ने २१ वर्षीय प्रेम मण्डल रहेका छन्।
प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका मण्डललाई शंका लागि चेकजाँच गर्दा लागूऔषध नाइट्रोभेट ७५ थान बरामद गरिएको सिरहा प्रहरीका प्रबक्ता सुवास बुढाथोकीले जानकारी दिएका छन्।
यस्तै मिर्चैया नगरपालिका-४ स्थित आँपको बगैचाबाट लागूऔषध गाँजा र नाइट्रोभेट-१० ट्याब्लेटसहित २८ वर्षीय अनिथा महरालाई पक्राउ गरेको उनले बताएका छन्।
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले आँपको बगैचामा घुमफिर गरिरहेका महरालाई चेकजाँच गर्दा उनको साथबाट सय ग्राम गाँजा र नाईट्रोभेट-१० लेखिएको १ सय ५० थान ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ परेका उनीमाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।


