Thursday, May 14, 2026

मोबाइल चोरी गरेको आरोपमा पाँचजना पक्राउ

पछिल्लाे समाचार


बारा , १७ माघ //
बारा प्रहरीले सटर फुटाएर मोबाइल चोरी गरेको आरोपमा तिन दाजुभाईसहित पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर १ निवासी २४ वर्षीय बिशाल मुखिया, उनका भाईहरु २२ वर्षीय बलिराम मुखिया , २० वर्षीय राम मुखिया ,सोही वडा बस्ने २७ वर्षीय पवन पटेल र वडा नम्बर ४ बस्ने २३ वर्षीय रम्तुलाह अन्सारी रहेका छन्।
समूहले माघ १५ गते प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित शुभ श्री मोबाइल पसलको सटर फुटाई भित्र रहेको विभिन्न कम्पनिको मोबाईल, ब्याट्री, चार्जर र राउटरलगायतका सामग्री चोरी गरेको थियो ।

सोही दिन विशेष सूचनाका आधारमा प्रहरीले चोरीमा संलग्न रहेका व्यक्ति र मालसामान खोज्ने गर्ने क्रममा विशाल मुखियाको संलग्नत रहेको अनुसन्धानबाट खुलेको थियो ।

अनुसन्धानका आधारमा प्रहरीले मुखियाको घरमा छापामारी गर्दा उनी सुत्ने कोठामा रहेको खाट मुनिबाट ३ वटा ब्यागमा राखिएको अवस्थामा पसलबाट चोरी भएको ९४ सेट मोबाइल, ब्याट्री, चार्जर, राउटर बरामद गरिएको बाराका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेश थापाले जानकारी दिए ।

डिएसपी थापाका अनुसार प्रहरीले घरको अन्य भागको खानतलासी गर्दा पहिलो तल्लाको एउटा कोठामा रिपुराज लेखिएको चामलको बोरामा ६ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा पनि बरामद गरिएको थियो

चोरी कार्यमा संलग्न सबैमाथि डाँका चोरी मुद्दा चलाएर बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद थपी अनुसन्धान अगाडी बढाइएको डिएसपी थापाले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु