रौतहट १४ माघ / /
नेकपा एमाले चन्द्रपुर नगर कमिटिको आयोजनामा अगुवा कार्यकर्ता भेटघाट सम्पन्न भएको छ ।
भेटघाट कार्यक्रम एमालेका स्थायी कमिटी सदस्य , तथा पुर्वमन्त्री प्रभु साह को प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।
सो भेटघाट कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु उपेन्द्र साह,उद्घव रेग्मी , कुन्दन कुश्वाह को उपस्थिति रहेको छ । भेटघाट कार्यक्रममा जिल्ला कमिटीका अध्यक्ष त्रिभुवन साह, सचिव बालबिक्रम कार्की लगाएत पदाधिकारीहरु, प्रदेश कमिटीका उपसचिव आरती भण्डारी तथा प्रदेश सदस्यहरु सहभागी थिए ।
सो भेटघाट कार्यक्रममा एमालेका अगुवा कार्यकर्ताहरुले माथिल्ला कमिटीका नेताहरु सग पार्टीको पछिल्लो अवस्थाको बारेमा छलफल भएको छ ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य अखलेश्वर चौधरी , केन्द्रीय सदस्य उद्वव रेग्मी , केन्द्रीय सदस्य उपेन्द्र साह , स्थायी समिती सदस्य प्रभु साहले पार्टीको आगामि रणनिती र नेता कार्यकर्ता को भुमिका को बिषयमा धारणा राखेका छन ।
भेटघाट कार्यक्रमको अध्यक्षता एमाले चन्द्रपुरका अध्यक्ष शिव आचार्यले गरेका छन भनेे संचालन चन्द्रपुर नगरका उपाध्यक्ष राजेन्द्र तिवारीले गरेका छन ।


