Sunday, May 3, 2026

रोकिराखेको ट्याक्टरलाई बसले ठक्कर दिंदा २४ जना यात्रु घाइते

पछिल्लाे समाचार


सर्लाही , १४ माघ //
सर्लाहीको हरिवनमा बिग्रिएर रोकिराखेको ट्याक्टरलाई बसले ठक्कर दिंदा २४ जना यात्रु घाइते भएका छन् ।

आज बिहान सवा ४ बजेको समयमा हरिवन नगरपालिका ९ सुकेपोखरीमा बिग्रिएर सडक छेउमा रोकिराखेको
उखु लोड भएको ज २ त ७८१ नम्बरको ट्याक्टरलाई भैरहवाबाट वीरगञ्जतर्फ जादैँ गरेको लु २ ख ४७५७ नम्बरको बसले ठक्कर दिंदा २४ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परि एक युवती गम्भीर घाइते भएकी छिन। उनको उपचारको लागि वीरगञ्ज पठाइएको र बाँकी २३ जनको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको सर्लाही प्रहरीले जानकारी दिएको छ।
बससहित चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु