Thursday, May 14, 2026

सर्लाहीबाट ठगी आरोपमा एक जना पक्राउ

पछिल्लाे समाचार


सर्लाही , १७ माघ //
सर्लाहीबाट ठगी आरोपमा एक जनालाई प्रहरी पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बलरा नगरपालिका ७ गडहिया टोलका एमडी राजा भनिने इजराइल मन्सुरी रहेका छन्।

प्रहरीमा जागिर लगाइदिन्छु भन्दैँ ८ लाख रुपैयाँ ठगेको आफ्नै गाउँकै अतिबुला मियाँको छोरालाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ८ लाख रुपैयाँ ठगेको आरोपमा मन्सुरीलाई नियन्त्रणमा लिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार पीडित अतिबुला मियाँ उनीविरुद्ध ठगी तथा आपराधिक सम्बन्धी प्रहरीमा दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको हो।
जिल्ला अदालतबाट म्याद थप अनुमति लिई पक्राउ परेका उनीमाथि यसबारे अनुसान्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु