सर्लाही , १७ माघ //
सर्लाहीबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका ६ का अशोक लामा र लालबन्दी नगरपालिका ८ का अख्तर हुसैन रहेका छन्।
आइतबार राति मलंगवा नवलपुर सडक अन्तर्गत कविलासी नगरपालिका ८ मा एचआर २६ बिपि १८७६ नम्बरको कार जांच गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
उनीहरुको साथबाट डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई टिच ईन्जेक्सन ३ पिस बरामद भएको उनले बताए ।
दुबैजनामाथि थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।


