रौतहट , १७ माघ //
पछिल्लो समय रौतहटको वनमा काठ तस्करीमा महिला सक्रिय भएका छन् ।
जिल्लाको रंगपुर साझेदारी वन क्षेत्रको काठ चोरीमा महिला सक्रिय भएको रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र चौधरीले बताए ।
उनीहरुले काचा सालका रुख काटेर साइकलको स्वरुप बदलि लोड गरेर लाने गरेको उनले बताए ।
काठ तस्करी गर्ने महिलाई पक्राउ गर्न खोज्दा उल्टै बलात्कारको मुद्धा लगाईदिन्छु भन्दै समितिका हेरालुलाई थर्काउने गरेको उनको भनाइ रहेको छ ।


