रौतहट , १९ माघ //
मौलापुर नगरपालिकाले ल्याण्ड पुलिङका लागि भन्दै मापदण्ड विपरित बकैया खोला उत्खनन गरेको जिल्ला समन्वय समिति रौतहटका उपसभापति रामबशिष्ठ यादवले बताएका छन् ।
नगरपालिकाले खोला उत्खनन गर्नुपर्ने ठाउँबाट नगरेका कारण आफुहरुले खोला उत्खननमा रोक लगाएको उनले बताए ।
यादवले आफुहरु विकास बिरोधी नभएको र मौलापुरमा भएको विकासले समग्र जिल्लाकै विकास हुने बताउदै उनले नियम अनुसार काम गर्न आग्रह गरेको बताए ।
मौलापुर सहर बन्दा अरु नगरपालिका डुवानमा नपरोस भन्ने उद्यश्यले स्थानीयको बिरोध पछि जिल्ला समन्वय समितिले तत्काल खोला उत्खननमा रोक लगाएको उनले जानकारी दिए ।
अहिले नगरपालिकाले ल्याण्ड पुलिङमा पांगो हाल्ने काम गरिहेको बताइएको छ।


