पर्सा , १९ माघ //
वीरगंजमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका वडा नम्बर ३ बागदेउ निवासी २२ वर्षीय युवक रहेका छन् ।
यहि माघ १० गते भेन्टिलेटर सपोर्टका लागि नारायणी अस्पतालमा आएका युवकको मंगलबार दिउँसो मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए।
उनका अनुसार माघ १० गते संक्रमण पुष्टि भएका युवकले कुनैपनि भ्याक्सिन लगाएका थिएनन् ।
गम्भीर किसिमको कोभिड निमोनियाबाट संक्रमित युवकलाई कमजोरी र मांसपेसी सम्बन्धि रोग पहिलादेखिनै लागेको डा. सिंहले बताए ।


