रौतहट , १९ माघ //
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको चन्द्रपुर नगर कमिटि गठन सम्पन्न भएको छ ।
मंगलबार चन्द्रनिगाहपुर स्थित पार्टी कार्यालयमा भेला सम्पन्न भएको हो।
मंगलबार सम्पन्न भेलाले बिक्रम लामाको संयोजकत्वमा चन्द्रपुर नगर कमिटि गठन गरेको हो ।
कमिटिको सह संयोजकमा सुरेन्द्र साह ,सचिवमा रविन कुमार काफ्ले ,सह सचिवमा उमेश फुयाल , मान बहादुर स्याङतान ,कोषाध्यक्षमा सर्मिला न्यौपाने ,सदस्यमा संदिप आचार्य,अभि घिमिरे ,राजु मिश्र ,रोषन तिमलसिना लगाएत ४७ सदस्यीय नगर कमिटी गठन भएको हो।
कार्यक्रममा मा नेकपा एमाले केन्द्रिय सदस्य उद्धद रेग्मी ,जिल्ला अध्यक्ष त्रिभुवन साह ,मधेस प्रदेश सह सचिव आरती भण्डारी लगाएको उपस्थिती रहेको थियो ।


