Thursday, April 30, 2026

लालबन्दीमा ९ जना कृषकलाई कृषि सामग्री वितरण

पछिल्लाे समाचार


सर्लाही , ६ फागुन //
सर्लाहीको लालबन्दी नगरपालिका-१७, मा ९ जना कृषकलाई कृषि सामग्री वितरण गरिएको छ ।

बिहीबार भएको ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्दि) को लैंगिक कार्य सिकाई पद्दति (गाल्स) को सार्वजनिक सुनुवाई कार्यक्रमकोे क्रममा कृषकहरुलाई कृषी सामग्री वितरण गरिएको हो ।

कार्यक्रमकी सहजकर्ता बिना विष्टका अनुसार गाल्स अन्तर्गत सपना सहयोग कोषबाट प्राप्त ३ लाख ९ हजार रुपैँया बराबरको कृषि सामग्री सिर्जना प्रगतिशिल कृषक समूहका ९ जना सदस्यलाई वितरण गरिएको हो।

९ जना कृषकलाई ३८ हजार रुपैँया बराबरको कचियाँ, खुर्पी, फुल्झारी, पानी ट्यांकी, पानी पटाउने पाईप लगायतको सामग्री वितरण गरिएको विष्टले बताईन् ।

मिलन योञ्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं १७ का वडा अध्यक्ष नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा समृद्धि आयोजनाका गाल्स अधिकृत आलोक कर्ण, रुपा पाठक, कृषक समूहका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु