रौतहट , ५ फागुन //
समाज परिवर्तनका लागी शिक्षा महत्वपुर्ण रहेको मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।
रौतहटको बृन्दावन नगरपालिका वडा नं—१ बलेरीमा श्री कृष्ण प्रणामी धर्म महोत्सव उदघाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
मुख्यमन्त्री राउतले शिक्षानै आवश्यक रहेको बताउदै मधेसमा शिक्षाको विकासका लागि आफु लागि परेको तथा सोच सगै समाज परिवर्तन गर्न शिक्षानै महतवपूर्ण रहेको समेत बताए।
उनले सबै मिलेर आफ्नो बालबाच्चालाई शिक्षा दिनु पर्नेमा जोड दिए। सोही कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले पछिल्लो समय रौतहट धार्मीक अस्थासंगै जिल्ला धार्मिक पर्यटकीय स्थाल बन्दै गएको बताएका छन् ।
रौतहटलाई धार्मिक पर्यटकिय स्थलका रुपमा विकास गर्न मधेस प्रदेश सरकार लागि परेको समेत बताए ।उनले रौतहटको विकास धार्मिक गतिबिधिको विकास गर्न मधेस सरकाल साकरात्मक पनि रहेको बताए ।
मुख्यमन्त्रि राउतले बृन्दावनमा रहेको सुखा सिमरास क्षेत्रलाई पर्यटकिय स्थल बनाउन प्रदेश सरकारले बजेट विनियोजन गर्ने समेत प्रतिवद्धता जनाए ।
यस्तै सोहि कार्यक्रममा बोल्दै मधेश प्रदेशका भुमि व्यवस्था तथा कृषि राज्य मन्त्री योगेन्द्र यादवले रौतहटमा धार्मीक अस्था बढ्दै गएकोले त्यस्ता स्थानको पहिचान गरेर आफुहरुले विकासको गतीलाई अगाडी बढाउने बताएका छन् ।
उनले धार्मीक अस्था बढ्दै जादा जन मानसमा सदभाव समेत बढेको बताए । कार्यक्रममा प्रदेशसभा सदस्य धनलाल ठोकर, शेख फुलबाबु, संबिधानसभा सदस्य देबेन्द्र पटेल लगाएत बिभिन्न भक्तजन तथा गुरुजनहरुको उपस्थिति रहेको थियो ।


