रौतहट , ४ फागुन //
आउँदो स्थानीय तहको चुनावमा उम्मेदवार बन्न व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गर्नुपर्ने प्रावधान राखिएको छ।
निर्वाचन आयोगले तय गरेको आचारसंहिताको मस्यौदामा सो प्रावधान राखिएको हो ।
उम्मेदवारी दर्ता गर्दा सम्बन्धित व्यक्तिले व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गरेको पत्र पनि साथै पेश गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।
स्थानीय तहलाई पारदर्शी र सुशासनमैत्री बनाउने प्रयासका लागि यस्तो प्रावधान राख्न लागिएको आयोगका अधिकारीहरु बताउँछन् ।
तर कुनै उम्मेदवारले यो प्रावधानअनुसार स्वघोषणा नगरे उम्मेदवारी खारेजसम्म हुने जनाइएको छ।
स्थानीय तहमा खोजेको जनप्रतिनिधि पारदर्शी होस्, छलछाम नगरोस् भन्ने उदेश्यले यस्तो प्रावधान राख्ने कन्सेप्ट आएको आयोगका एक सदस्यले जानकारी दिए।
यो धेरै चरणमा छलफल भएर धेरैको सुझावका आधारमा राख्न खोजिएको उनले बताए।


