रौतहट,४ फागुन //
आउँदो स्थानीय तहको निर्वाचनका लागि प्रचार अवधि १३ दिन मात्रै रहेको छ ।
निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता भई दावी विरोध लगायत कार्य वैशाख १५ गते उम्मेदवारीहरुको अन्तिम नामावली सार्वजानिक हुने छ ।
उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि १३ दिन मात्रै चुनावी प्रचारको अवधि सुरु हुने कार्यतालिमा उल्लेख गरिएको छ ।
निर्वाचन आयोगले तय गरेको कार्यतालिकामा चुनाव हुने दिनभन्दा ७२ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुँदा उम्मेदवारहरूले बैशाख २८ गतेसम्म मात्रै चुनावी प्रचार गर्न पाउने उल्लेख छ ।


