Thursday, April 30, 2026

मिथिला माध्यमिकी परिक्रमामा बेहोस भएर एक जनाको मृत्यु

पछिल्लाे समाचार


महोत्तरी , २३ फागुन //
मिथिला माध्यमिकी परिक्रमामा बेहोस भएर एक महिलाको मृत्यु भएको छ ।

मध्यमा परिक्रमामा सहभागी भारत बिहारको मधुवनी जिल्ला भाईसपट्टी थाना बासुपट्टी बस्ने राजेन्द्र साहकी श्रीमती ५० वर्षीया प्रमीला देवीको मृत्यु भएको प्रहरीले जनाएको छ।

महोत्तरीको मठिहानी पडाव स्थलबाट जलेश्वरको लागि निस्केको परिक्रमा अन्तर्गत आज बिहान ९ बजेर १० मिनेटमा जलेश्वर नगरपालिका २ साउजीपटी नजिक पोखरीमा नुहाउने क्रममा रिंगाटा लागेर उनी बेहोस भएकी थिइन् ।

उपचारको लागि जलेश्वर स्थित शान्ति कम्युनिटी अस्पताल जलेश्वरमा लगिएको र करिब साढे ९ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमको लागि जलेश्वर अस्पतालमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु