रौतहट ,२३ फागुन //
चिकित्सकको लापर्वाहीको कारण सुत्केरी महिलाको पेटमा स्टिच निडिल सुई फेला परेको छ ।
रौतहटको दुर्गाभगवती गाउँपालिका १ छतवनाटोलका जितेन्द्र महतोकी १९ वर्षिया श्रीमती अम्बिका महतोको अप्रेसन गर्ने क्रममा पेटभित्र दुईवटा स्टिच निडिल चिकित्सकले छुटाएका छन ।
प्रसूति गराउन अम्बिकालाइ आइतवार राति गंगापिपरामा रहेको स्वास्थ्यकेन्द्रमा लगिएको थियो ।
स्वास्थ्य केन्द्रका डा.संजित कुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले उनको अप्रेसन गरेको थियो ।
अप्रेसन गरेको केही समयपछि सुत्केरी महिलाको पेट दुख्नथालेपछि उनलाइ चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पतालमा ल्याइएको थिया ।
महिलाको पेटमा रहेको दुइवटा स्टिच निडिलको अवस्था सामान्य रहेको चन्द्रपुर अस्पताल प्रालिका प्रमुख डाक्टर सुभाष कुमार चौधरीले जानकारी दिएका छन ।
जिल्ला प्रहरी कार्यालय रौतहट प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिनोद घिमिरेले घटनाको पुष्टि गर्दै डाक्टरको लापर्वाही देखिएको प्रतिकृया दिएका छन ।


