Wednesday, April 29, 2026

स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ

पछिल्लाे समाचार


रौतहट , २८ फागुन //
रौतहटबाट स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको पूर्वी चम्पारन मोतिहारी थाना महगुआ २ घर भएका ४५ वर्षीय दिपनारायन प्रसाद रहेका छन् ।
गोप्य सूचनाका आधारमा सशस्त्र बल ११ नम्बर गण हेडक्वार्ट रौतहटबाट खटिएको टोलीले जिल्लाको बौधिमाई नगरपालिका ९ सरमुजवाबाट प्रसादलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सवारी चेकजाँच गर्ने क्रममा बि आर ०५ वाई २९७९ नम्बरको मोटरसाइकलमा सवार उनलाई रोकी चेक गर्ने क्रममा टुलबसमा हेलमेटको भित्र र सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको १८ लाख ७३ हजार नेपाली रुपैयाँ बरामद भएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

१ लाख मूल्य बराबरको मोटरसाइकल र अवैध रकमसहित पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु