Wednesday, April 29, 2026

अवैध कोल्ड ड्रिंक्ससहित गाडी बरामद

पछिल्लाे समाचार


रौतहट , २८ फागुन //
रौतहट प्रहरीले अवैध भारतीय ‘कोल्ड ड्रिंक्स’ बोकेको एउटा गाडी बरामद गरेको छ ।

शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले चन्द्रपुर नगरपालिका–५ स्थित सडक खण्डमा रोकी राखेको ना ३ च ९६७७ नम्बरको बोलेरो पिकअप गाडी चेक जाँच गर्दा अवैध ‘कोल्ड ड्रिंक्स’ बरामद गरेको हो।

गाडीमा १२ सय ६० वटा माउन्टेन डिउको बोतल बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए। उक्त ‘कोल्ड ड्रिंक्स’ ७ लाख रुपैयाँ बराबरको रहेको उनले बताए।

‘कोल्ड ड्रिंक्ससहित सर्लाहीको बागमती नगरपालिका –१२ बस्ने २० वर्षीय काशी राम बिकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु