सर्लाही , २५ फागुन /
सर्लाहीबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको कबिलासी नगरपालिका २ का ३० वर्षीय संजय कुमार महतो र ५४ वर्षीय अहमद अलि रहेका छन् ।
सवारी चेकजाँच गर्ने क्रममा ना१४प ७७३० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकी चेक गर्दा मोटरसाइकलको सिटमुनि लुकाईछिपाई राखेको अवस्थामा १५ पत्ता नाईट्राभेट फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


