सर्लाही , ५ बैशाख //
सर्लाहीबाट एक फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका-११ निवासी शेष नजरे आलम रहेका छन्।
आलमलाई ईलाका प्रहरी कार्यालय हरिवनकाे टाेलिले हरिवन बजारबाट पक्राउ गरि जिल्ला अदालतकाे जिम्मा लगाएको जनाएको छ।
उनलाई लागूऔषध मुद्दामा जिल्ला अदालत सर्लाहीले दुई छुट्टाछुट्टै मुद्दामा एक महिना कैद र दुईहजार जरिवाना तथा एक महिना २२ दिन कैद तथा पाँचहजार जरिवाना ताेकेकाे छ ।


