बारा , ५ बैशाख //
नेकपा एमाले जितपुरसिमरा उपमहानगर कमिटीले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नगर प्रमुखमा १० जना र वर्तमान उपप्रमुखमा ६ जनाको नाम सिफारिस गरेको छ ।
प्रमुखमा एमाले नेता मनोज पौडेल,उप प्रमुख सरस्वती देबि चौधरी,एमाले नेताहरु कासिम हुसेन,नारायण क्षेत्री,भरत घले,अनिल मैनाली,महादेब चौधरी,प्रहलाद साह,राधेश्याम सिबाकोटी,बिस्वनाथ लामिछानेको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी उपप्रमुखमा
नगर अध्यक्ष भोला अधिकारी,जिल्ला सदस्य रेनु रिमाल,अनिता चौधरी,
एमाले नेताअशोक लामा,महिला नेत्री कमला घिमिरे,सरिता चौधरीक नाम सिफारिस गरिएको छ ।


