बारा , १ बैशाख //
बारा जिल्लामा गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका-१६ का २८ वर्षीय सागर सिंजाली रहेका छन् ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ मा गोली लागेर गम्भीर रुपले घाइते भएका उनको उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार राती गाउँका अन्य युवाहरूसँगै नजिकैको धर्मनगरस्थित बालगङ्गा नदीमा पुगेका मगर शिकारीले चलाएको गोलीबाट घाइते भएका थिए ।
घाइते मगरलाई स्थानीयको सहयोगमा उपचारको लागि वीरगञ्जस्थित वयोधा अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
मृतकको शव अस्पतालमै राखिएको र घटनाबारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।
वन क्षेत्र नजिकैमा रहेका बस्तीका मानिसहरू घरेलु हातहतियार तथा भरुवा बन्दुकबाट वन्यजन्तुको चोरी शिकारी गर्दै आएको स्थानीयहरुले बताएका छन्।


