रौतहट , १ बैशाख //
आज वैशाख १ गते २०७९ को पहिलो दिन नयाँ वर्ष हर्षोल्लासपूर्वक मनाइँदै छ।
विश्वर छरिएर रहेका नेपालीले पनि आज एकआपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउँदैछन्।
नयाँ वर्षको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ।
नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिष्ठान भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ ।
सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।
आज बिहानै स्नान गर्ने, घर, कोठा(आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास रहेको छ ।


