रौतहट , २९ चैत //
रौतहटको मौलापुरमा व्यक्तिगत घटना दर्ता सप्ताहा कार्यक्रम सम्पन्न भएको छ।
बैशाख १ गते देखि सुरु हुने व्यक्तिगत घटना दर्ता सप्ताहा कार्यक्रम मौलापुर नगरपालिकाको आयोजनामा आज ( बुधबार ) सम्पन्न भएको हो।
स्थानियतहले गर्ने प्रचार प्रसार अभियानको आज अन्तिम दिन नगरपालिकाले ‘ नागरिकको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा, नेपाल सरकारको दर्ता शिविर मार्फत प्राथमिकता ‘ भन्ने नाराका साथ नगरपरिक्रमा गरि कार्यक्रम सम्पन्न गरेको हो।
गत चैत्र २० गते देखि प्रचार प्रसार अभियान सुरु भएको थियो । भोलिदेखि देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह अभियान सुरु हुने भएको छ। जन्म , मृत्यु , बसाइसराई , बिवाह र सम्बन्ध बिच्छेद दर्ता जस्ता व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमामा गइ भोलि देखि बैशाख ७ गते सम्ममा दर्ता गराउन मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले आग्रह गरेकी छन् ।
व्यक्तिगत घटना गर्दा सप्ताह अभियानले बिगतमा घटना दर्ता गर्न छुटेकाहरुलाई सजिलो भएको बताउंदै उनीले राज्यबाट प्रदान हुने सेवा सुबिधा उपयोग गर्नका लागि व्यक्तिगत घटना दर्ता गराउंनु आवस्यक रहेको बताइन।
साहले नगरवासीलाई व्यक्तिगत घटना दर्ता गराउन पनि आग्रह गरिन। उनले सोहि सप्ताहमा योग्यता पुगेका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि विवरण दर्ता गर्न समेत भनेकी छन् ।


