काठमान्डौ , ४ बैशाख //
नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य लोकबन्धू कन्दङ्वा सहित २७५ जनालले पार्टी परित्याग गरेका छन् । माधव नेपाललाई नव प्रतिगामीको संज्ञा दिंदै कन्दङ्वा सहित २७५ जनालले पार्टी परित्याग गरेका हुन्।
केन्द्रीय सदस्य कन्दङ्वाले शनिवार प्रेस वक्तव्यमा निकाली माधव नेपाल नेतृत्वको समाजवादी पार्टीले सैद्धान्तिक र वैचारिक दृष्टिकोणले, पद्दति गत र प्रवृतिगत दृष्टिकोणले साथै व्यवहारिक र आर्थिक दृष्टिकोणले पनि पार्टी फुटको औचित्य प्रमाणित गर्न नसकेको भन्दै पार्टी परित्याग गरेको वक्तव्यमा उल्लेख छ।
पछिल्लो समय एमसीसी जस्तो राष्ट्रिघाती अमेरिकी परियोजनालाई संसदबाट पास गर्न सहयोग पुर्याई पार्टीलाई राष्ट्रघाती र नवप्रतिगामी कित्तामा राखेको हुनाले एक राष्ट्रवादी नागरिकको हैसियतले पार्टीमा वसिरहन नैतिक रुपले नमिल्ने ठहर गरी स्वतन्त्र वामपन्थी नागरिकको रुपमा जीवन यापन गर्ने निर्णय गरेको वक्तव्यमा उल्लेख भनिएकोछ ।
कन्दङ्वासंगै केन्द्रीय सल्लाहकार समितिका गोपिचन्द्र गिरी, जिल्ला कमिटी सदस्य प्रकाश पुरी, महेन्द्र प्रसाद खरेल र गीता कडेलले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । उनीहरूको बिज्ञप्तीमा पार्टीका २७५ जना समर्थकले पार्टी परित्या गरेको उल्लेख छ ।


