सप्तरी , ४ बैशाख //
सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ , भने २ जना घाइते भएका छन्।
मृत्यु हुनेमा ट्याक्टर चालक २८ बर्षीय रविन्द्र यादव रहेका छन्। शनिबार राति साढे १० बजे जिल्लाको रुपनी गाँउपालिका ५ खाडो खोलाको डिलबाट गँहु लोड गरी बसबिटी गाँउतर्फ आउदै गरेको स १ त ५१ ५४ ट्याक्टर नियन्त्रित भई पल्टिदा यादव गम्भिर घाइते भएका थिए ।
घाइते यादवलाई उपचारको लागी राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार स्थानिय ७१ बर्षीय भरत यादव र उनका १७ वर्षीय नाति सुभाष कुमार यादवको रुपनी स्थित युनिक अस्पतालमा उपचार भइरहेको सप्तरी प्रहरीले जानकारी दिएको छ ।


