Tuesday, May 5, 2026

करेन्ट लागेर एक महिलाको मृत्यु , ७ जना घाईते

पछिल्लाे समाचार


रौतहट , ४ बैशाख //
रौतहटमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ, भने अन्य ७ जना घाईते भएका छन् ।

गएराती जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं.१ का शिव मन्दिर टोल बस्ने नरेश राउतको छोरीको विवाहको मटकोर पुजामा गीत गाउँने क्रममा करेन्ट लाग्दा राउतको ३० वर्षिया बहिनी समधरिया देवी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ।

वैवाहिक गीत गाउने क्रममा अचानक हाइटेन्सन तारमा विद्युत सर्ट भई माईकमा करेन्ट प्रवाह हुँदा समधरिया देवी राउत सहिँत ८ जनालाई करेन्ट लागेर घाईते भएका थिए ।

घाइते मध्ये समधरियाको अवस्था चिन्ताजनक रहेकोले स्थानीय शुकदेव चोकस्थित शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यस्तै घाइते हुनेहरुमा स्थानीय ३५ वर्षिया सीता देवी राउत, ३५ वर्षिया अनिता देवी राउत, ६५ वर्षिया मन्तोरिया देवी, ७० वर्षिया मुनि राउत, ६५ वर्षिया केवला देवी, ५५ वर्षिया शुसिला देवी, ७५ वर्षिया हिरिया देवी रहेकी छन् ।
घाइतेहरुको गंगापिपरा स्थित वागमती अस्पताल प्रालीमा उपचार भइरहेको रौतहटका प्रहरी प्रवक्ता सुनिल मल्लले जानकारी दिए। घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु