Tuesday, May 5, 2026

दुध बोक्ने ट्यांकरभित्र अवैध मलखाद बरामद , चालक र सहचालक पक्राउ

पछिल्लाे समाचार


सर्लाही , ४ बैशाख //
सर्लाहीबाट सशस्त्र प्रहरीले दुध बोक्ने ट्यांकरभित्र मलखाद राखेर ल्याउँदै गरेको अवस्थामा ट्यांकरसहित दुइजनालाई नियन्त्रणमा लिएको छ ।

चितवनको खैरिनी–६ निवासी चालक ३६ वर्षीय शम्भु चौधरी र जुम्लाको चन्द्रनाथ नपा–३ निवासी २६ वर्षीय सहचालक खड्ग बहादुर खत्रीलाई नियन्त्रणमा लिएको हो।

शनिबार दिउँसो करिब २ बजे बरहथवाबाट नयाँरोडतर्फ आउँदै गरेको ना. ७ ख १०६६ नम्बरको दुध बोक्ने ट्यांकर सशस्त्र प्रहरी बल धरहरा बेस क्याम्पको टोलीले नियन्त्रणमा लिएको हो ।
ट्यांकर भित्रको तीनवटा डिब्बा मध्ये बीचको डिब्बामा २५ बोरा यूरिया मलखाद बरामद् भएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल धरहरा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक योग बहादुर थापा नेतृत्वको टोलीले मल बोकेको दुध बोक्ने ट्यांकर नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बल १० नम्बर गण कबिलासी पठाएको छ ।

नियन्त्रणमा लिएको नेपाल डेरी प्रालिको ट्यांकर, मलखाद र चालक तथा सहचालकलाई आवश्यक कार्बाहीका लागि मलंगवा भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु